दफा २२
अभिलेखीकरण गर्नु पर्ने
(१) ऐनको दफा ८ को उपदफा (२) को खण्ड (क) बमोजिम सरकारी निकाय वा सार्वजनिक संस्थाले प्रचलित कानूनबमोजिम तथ्याङ्क सङ्कलन तथा प्रकाशन गर्नु अघि राष्ट्रिय तथ्याङ्क -प्रणालीमा आबद्ध गराउनु पर्नेछ र त्यस्तो तथ्याङ्क सङ्कलन सम्बन्धी विवरण कार्यालयमा अभिलेखीकरण गराउनु पर्नेछ।
(२) उपनियम (१) को प्रयोजनका लागि कार्यालयले तथ्याङ्कको अभिलेख राखी सम्बन्धित सरकारी निकाय वा सार्वजनिक संस्थालाई तथ्याङ्क सङ्कलन दर्ता नम्बर उपलब्ध गराउनु पर्नेछ।
(२) उपनियम (१) को प्रयोजनका लागि कार्यालयले तथ्याङ्कको अभिलेख राखी सम्बन्धित सरकारी निकाय वा सार्वजनिक संस्थालाई तथ्याङ्क सङ्कलन दर्ता नम्बर उपलब्ध गराउनु पर्नेछ।